no-image

पूर्वअर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ ।

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ । लामो समयदेखि अस्वस्थ अधिकारीको काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहानदेखि अधिकारी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।

अधिकारीको श्वासप्रश्वासलगायत विभिन्न समस्या देखिएको चिकित्सकले जनाएका छन् । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको बताइएको छ ।