पूर्वअर्थमन्त्री अधिकारीको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राती मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि शनिवार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको जानकारी गराएको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालिन नेकपा एमाले प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल भएपछि मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए भने भरतमोहन अधिकारी अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्री भएपछि त्यसबेला उनले आर्थिक सुधारका धेरै महत्वपुर्ण योजना ल्याएका थिए । उनले ल्याएका योजना मध्ये ७० वर्ष पुगेका वृद्धालाई मासिक १०० रुपैयाँ भत्ता र आफनो गाउँ आफैं बनाउ चर्चित बनेका थिए ।