मदरल्याण्ड स्कुलले मनायाे २७ अाैं वार्षिकाेत्सव

अतिथि पुष्पा थरुनीले स्कुलका गतिविधि प्रसंशनीय रहेकाे र निजी विद्यालयले शिक्षामा खेलेकाे भूमिकाका बारेमा कुरा राखिन् ।

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ माेतीपुरस्थित मदरल्याण्ड ईङ्ग्लिस स्कुलकाे २७ अाैं वार्षिकाेत्सव विविध कार्यक्रम गरी सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीप्रसाद चाैधरीले विद्यमान अवस्थामा निजी क्षेत्रकाे सहभागिताबिना शिक्षा अस्तव्यस्त हुने, बताए । उनले हालकै अवस्थामा सरकारले निजी क्षेत्रकाे ठूलाे लगानीलाई जाेखिममा पारी नजर अन्दाज गर्दै नीति निमार्ण नगर्ने पनि स्पष्ट पारे । साेही अवसरमा विशिष्ट अतिथि पुष्पा थरुनीले स्कुलका गतिविधि प्रसंशनीय रहेकाे र निजी विद्यालयले शिक्षामा खेलेकाे भूमिकाका बारेमा कुरा राखिन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख श्री लाेकराज पन्थी, प्याब्सन प्रदेश ५ का सचिव श्री लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष श्री लाेकनाथ ज्ञवाली, वुटवल प्याब्सनका अध्यक्ष श्री कुलराज शर्मा, सियारी प्याब्सनका अध्यक्ष लाेक शर्मा बस्याल , माेतीपुर माविका अध्यक्ष प्रेम नारायण भण्डारी , समाजसेवी ग्यामलाल भुषाल, माेतिपुर खानेपानीका काेषाध्यक्ष  राजु गाैडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा खेल सप्ताहका विजेता, उत्कृष्ट शिक्षक तथा माध्यमिक शिक्षा परीक्षा २०७४ मा उत्कृष्ट ग्रेडमा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे थियाे।