सुप्रिम सिमेन्ट नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुराराकाको हो । आर्थिक वर्ष ०६६/०६७ को आयकर र भ्याटमा विवाद भएपछि गएको शुक्रबारसुप्रिमले ठूला करदाता कार्यालय विरुद्ध सर्वोच्चमा निवेदन दिएको थियो
काठमाडौं । ठूला करदाता कार्यालय र सुप्रिम सिमेन्ट प्राइभेट लिमिटेडबीचको कर विवादका विषयमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर विवाद सुनुवाइ हुने भएको हो ।
सुप्रिम सिमेन्ट नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुराराकाको हो । आर्थिक वर्ष ०६६/०६७ को आयकर र भ्याटमा विवाद भएपछि गएको शुक्रबारसुप्रिमले ठूला करदाता कार्यालय विरुद्ध सर्वोच्चमा निवेदन दिएको थियो
यस्तै सूर्य नेपाल प्राइभेट लिमिटेड, वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनियर वायर्स, सोल्टी होटल्स लिमिटेड, राजेश मेटल क्राफ्ट, सिद्धि गणेश इन्टरप्राइजेज र नेपाल कमर्शियल इन्टरप्राइजेजको कर विवाद अहिले सर्वोच्चमा पुगेको छ । सूर्य नेपालको कर विवादको मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो । सूर्य नेपाल र वरुणका ६ ओटा मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।
यस्तै पायनियर वायर्सले पनि ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागका विरुद्ध ०६५/०६६ देखि ०६७/०६८ सम्मको आयकर विवाद सर्वोच्चमा पुगेको हो । पायनियरले ठूला करदाता कार्यालय विरुद्ध ३ ओटा र कर कार्यालयले पायनियरका विरुद्ध एउटा मुद्दा दायर गरेको छ । राजेश मेटल क्राफ्टले आयकर नतिरेको भन्दै ठूला करदाता कार्यालयले एक दर्जन मुद्दा दायर गरेको छ । राजेश मेटल क्राफ्टल्े ०६३/०६४ देखि ०७०/०७१ सम्मको कर नतिरेको विवादबारे सोमबार सुनुवाइ हुँदै छ ।
व्यावसायिक प्रतिष्ठानका धेरै कर मुद्दा रहेको कर कार्यालयका अधिकृत धनिराम शर्माले बताए । उनले करका विषयमा विवाद भएपछि सर्वोच्चमा मुद्दा दायर गरिएको जानकारी दिए ।