
अज्ञात समूहको गोली प्रहारबाट मलङ्गवा नगरपालिका २ का ३१ वर्षीय मनोजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सर्लाहीमा गोली हानी एक युवकको हत्या भएको छ । अज्ञात समूहको गोली प्रहारबाट मलङ्गवा नगरपालिका २ का ३१ वर्षीय मनोजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति यादवको हत्या भए पनि प्रहरीले भने अहाइतबार बिहान जानकारी पाएको थियो ।
मृतक यादवको शरीरमा पाँच ओटा गोली लागेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । मृतक यादव लागुऔषध प्रयोगकर्ता रहेको र उनकै समूहका सदस्यले हत्या गरेको हुनसक्ने प्रहरी आशङ्का छ ।
घटनाका बारे अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
घटनामा संलग्नहरुको पहिचान भइरहेको र उनीहरुलाई पक्राउ गरिने डीआईजी पालले बताए ।