फेसबुक तथा ट्वीटर बन्द हुने भ्रामक सूचना फैलाउनेलाई काराबाही

मन्त्रालयले त्यसप्रकारको कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सूचना प्रकाशित नगरेको स्पष्टीकरण दिएको छ ।

काठमाडौं । नेपाल सरकार सूचना तथा सञ्चार विभागको नाम राखी फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्द हुने भ्रामक सूचना प्रचार गर्ने व्यक्तिमाथि कानुनी काराबाहीको प्रक्रिया सुरु भैसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बताएको छ ।

मन्त्रालयले त्यसप्रकारको कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सूचना प्रकाशित नगरेको स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले त्यस्ता किसिमका भ्रामक पोस्ट तथा प्रचार सामाजिक सञ्जालबाट हटाउन आग्रहसमेत गरेको छ ।