सोमबार पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय ९ युवक र ४ जना युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । शिवरात्रिमा पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय ९ युवक र ४ जना युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा लिइएकाहरुलाई महानगरीय प्रहरीवृत्त गौशालामा राखिएको छ ।
नियन्त्रणमा लिइएकालाई अनुसन्धान गरी आफन्तलाई बोलाएर सम्झाई बुझाई गरी पठाउने प्रहरीले जनाएको छ । त्यसमा कोही कुनै अपराधमा फरार भएको पाइएमा प्रहरीले कानुनी कारबाही गर्ने जनाएको छ ।