जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार आफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । कञ्चनपुरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी भरतपुरमा कार्यरत नेपाली सेनाका एक जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् ।
जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार आफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्याबारे प्रहरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
ब्यारेकभित्रै खड्काले आफ्नो गर्दनमा गोली प्रहार गरेका थिए । घटनाका बारे अनुसन्धान भइरहेको कन्चनपुर प्रहरी कार्यालयका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।
आत्महत्या गर्दा प्रयोग भएको राइफल परीक्षणका लागि ल्याबमा पठाइएको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।