थला परेको नेसनल ट्रेडिङ खारेज

आफ्ना कर्मचारीलाई लामो समयदेखि तलव समेत खुवाउन नसकेर थला परेको संस्थानलाई आज खारेज गरेको हो । अत्यावश्यक वस्तु तथा सेवाप्रदान गर्न स्थापना भएको लिमिटेडमा राजनीतिक हस्तक्षेप, असक्षम व्यवस्थापनका कारण कर्मचारले तलब समेत खान पाएका थिएनन् ।

सरकारले नेसनल ट्रेडिङलाई खारेज गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेसनल ट्रेडिङलाई खारेज गर्दै उसको चलअचल सम्पत्ति राज्यको नाममा ल्याउने निर्णय गरेको हो ।
आफ्ना कर्मचारीलाई लामो समयदेखि तलव समेत खुवाउन नसकेर थला परेको संस्थानलाई आज खारेज गरेको हो । अत्यावश्यक वस्तु तथा सेवाप्रदान गर्न स्थापना भएको लिमिटेडमा राजनीतिक हस्तक्षेप, असक्षम व्यवस्थापनका कारण कर्मचारले तलब समेत खान पाएका थिएनन् ।
२०१८ सालमा स्थापना भएको नेसनल टे«डिङ निरन्तर घाटा गएको र ऋणको भार परेकाले सरकारले पनि यसलाई बेवास्ता गर्दै आएको थियो ।