पोखरामा फेरि प्याराग्लाइडिङ खस्यो, एकको मृत्यु

प्याराग्लाइडिङ खसेर सराङकोटमा रसियन पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुलिसकेको छैन ।

पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ खसेको छ । प्याराग्लाइडिङ खसेर सराङकोटमा रसियन पाइलटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुलिसकेको छैन ।

सोमबार माछापुच्छ«े गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुइामा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।

यस्तै आइतबार सराङकोटबाट उडेका रोमानियाका पाइलट इबी चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।