सोमबार नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्कक जान लागेका काठमाडौं महानगरपालिका–४ का सरला खड्का र काठमाडौं महानगरपालिका–१६ की बस्ने रिंकु गुरुङलाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको हो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित २ जनालाई पक्राउ गरेको छ । सोमबार नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्कक जान लागेका काठमाडौं महानगरपालिका–४ का सरला खड्का र काठमाडौं महानगरपालिका–१६ की बस्ने रिंकु गुरुङलाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।