दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५ वर्षीय बुद्धिबहादुर थापा छन् ।

काठमाडाैं । बन्दिपुर ३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग१ज २९०७ नम्बरको जिप मङ्गलबार बिहान व्यास नपा १२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५ वर्षीय बुद्धिबहादुर थापा छन् ।

घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।