ब्याजदर घट्दो क्रममा छ, अब चिन्ता लिनु पर्दैन : अर्थमन्त्री खतिवडा

आगामी वर्ष ब्याजदर अन्तर (स्प्रेड) लाई ४ प्रतिशतमा झार्ने संकेत गरेका छन् । उनले ब्याजदरलाई वान्छित सीमामा ल्याउन स्प्रेडदरलाई घटाउन लागेको बताएका छन् । 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कको ब्याजदर घट्ने क्रममा रहेको बताएका छन् । निक्षेपको ब्याजदर घटेर एक अङ्कमा झरेकाले कर्जाको ब्याजदर पनि कम हुन थालेको उनले बताएका हुन् ।

चालू आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘नेपाल राष्ट्र बैङ्कले चासो नदेखाएको भए निक्षेपको औसत ब्याजदर १२ प्रतिशत पुग्ने थियो, अब घट्न थालिसकेको छ ।’ अर्को महिनासम्म सकारात्मक सङ्केत देखिने उनको भनाइ छ । मुलुकमा आर्थिक गतिविधि बढेकाले कर्जाको माग बढेको उनको ठम्याइ छ ।

औद्योगिक र पुँजीगत सामानको आयात ४२ प्रतिशत बढेको छ । हामीलाई ८ प्रतिशत आर्थिक वृद्धि चाहिएको छ । सामान पनि आयात गर्नु पर्ने, कर्जा पनि बढाउनु पर्ने भएपछि सस्तोमा कर्जा कसरी पाइन्छ ? उनले प्रश्न गरे ।आगामी वर्ष ब्याजदर अन्तर (स्प्रेड) लाई ४ प्रतिशतमा झार्ने संकेत गरेका छन् । उनले ब्याजदरलाई वान्छित सीमामा ल्याउन स्प्रेडदरलाई घटाउन लागेको बताएका छन् ।

एकातिर आर्थिक क्रियाकलाप बिग्रियो, सुस्त छ भनेर प्रचार गरिएको भए पनि अर्को तर्फ कर्जाको माग पनि बढेका कारण आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै अर्थमन्त्रीले भने, “कहाँबाट कर्जाको माग बढेको छ ? कर्जाको माग बढ्नु सकारात्मक होइन ,” उहाँले हामीलाई ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर पनि चाहिएको भन्दै औद्योगिक वस्तुको आयात पनि गर्नुपर्ने, फेरी बैंकको कर्जा पनि सस्तो हुनुपर्छ भन्ने विषय एक अर्कामा अन्तरविरोधी भएको बताउनुभयो ।

मुलुक खुल्ला अर्थतन्त्रमा रहेको भन्दै खुल्ला अर्थन्त्रमा सरकारले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे । खुला अर्थतन्त्रमा सरकारले एकै पटक ब्याजदर, विनिमय दर र मुद्रास्फीति दरमा हस्तक्षेप गरी नियन्त्रण गर्न सक्दैन उनले भने यी तीन वटामध्ये हामीले दुई वटा नियन्त्रण गर्न सक्छौँ तर एउटा बजारलाई छाड्नै पर्छ, यो बजार अर्थशास्त्रको सिद्धान्त हो । तीन वटै ठाउँमा हस्तक्षेप गर्र्यो भने त्यो बजार अर्थतन्त्र रहँदैन ।”

ब्याजदरलाई निश्चित सीमाभित्र राख्न खोज्दा हस्तक्षेप गरेको आरोप लगाउने र असाध्यै न्यून हुँदा कसैले चिन्ता नलिने प्रवृत्ति पनि विद्यमान रहेको उनको भनाइ छ ।