कथा सरलतम शब्दमा सम्भव छ भन्ने आजको चार्टले बताउँछ । इस्वी सनको प्रारम्भदेखि अहिलेसम्मको प्रत्येक देशका लागि वैश्विक अर्थव्यवस्थाको बदलिँदो भाग देखाउँदा यो मन भरङ्ग हुँदाको समयावधिमा गरिएको आर्थिक उत्पादकत्वको तुलना गर्छ ।
आधुनिक समयको नक्शा अथवा बारूदको आविष्कार हुनुभन्दा पहिलेदेखि नै यस धरालतका प्रमुख शक्तिहरु आर्थिक र भूराजनीतिक वर्चस्वका लागि डटेर तछाडमछाड गर्दैथिए ।
कथा सरलतम शब्दमा सम्भव छ भन्ने आजको चार्टले बताउँछ । इस्वी सनको प्रारम्भदेखि अहिलेसम्मको प्रत्येक देशका लागि वैश्विक अर्थव्यवस्थाको बदलिँदो भाग देखाउँदा यो मन भरङ्ग हुँदाको समयावधिमा गरिएको आर्थिक उत्पादकत्वको तुलना गर्छ ।
मूल रूपमा जेपी मोर्गनका माइकल केम्बालेस्टद्वारा एउटा शोध पत्रमा प्रकाशित यो आलेखलाई हामीले आईएमएफको हालैको तथ्याङ्क र प्रक्षेपणको आधारमा समसामयिक बनाएका छौं । तपाइँ यदि चाहनुहुन्छ भने, अहिले पनि द अटलान्टिकमा यसको मूल चार्ट (२००८ सम्मको) पाउन सक्नुहुन्छ । यहाँ यो भन्न पनि सान्दर्भिक होला कि २००८ सम्मका मूल तथ्याङ्कहरुको स्रोत स्व. एङ्गस म्याडिसन हुन्, जो एक प्रसिद्ध आर्थिक इतिहासकार हुन्, जसले रोमन कालदेखिका जनसङ्ख्या, जीडीपी तथा अन्य तथ्याङ्कहरुको आँकलनहरु प्रकाशित गरेका थिए ।
एउटा प्रमुख चेतावनी
यदि तपाइँले चार्टमा गहिरो दृष्टि पुर्याउनुभयो भने, सम्भवतः यसमा एउटा ठूलो समस्या देख्नुभयो होला । डाटा बिन्दुहरुको बीचका समयावधि बराबर छैनन्– वास्तवमा, तिनीहरु बिल्कुल छँदै छैनन् ।
एक्स अक्षमा पहिलो अन्तर हजार वर्ष छ र दोस्रो पाँच सय वर्ष । त्यसपछि, जसरी हामी आधुनिकताको नजिक पुग्छौं, चार्टले केवल १० वर्षको अन्तर लिएको छ । ‘द इकोनोमिस्ट’को ब्लगमा ठिकै भनिएको छ,– यस प्रकारका मापनलाई परिवर्तन गर्न एउटा ठूलो डाटा भिजुअलाइजेसन ‘नो नो’ हो ।
हामी पूरै सहमत हुँदाहुँदै, यस सन्दर्भमा हामीले एउटा अपवाद बनाएका छौं । किन ? किनकि बीसौं शताब्दीको सुरुदेखिको राम्रो आर्थिक तथ्याङ्क पाउन त्यसै पनि बहुत कठिन छ,– र त्यसैले यसभन्दा पहिलेका नियमित अन्तरालमा डाटा खोज्ने कोसिस गरिरहेका छौं भने त्यो एउटा मूर्खको तुच्छ काम जस्तो हुन्छ । यसरी नै अलग–अलग वर्षका बार–चार्टको थुप्रोले पनि यो कथालाई न्याय गर्दैन ।
मानव इतिहासका धनाढ्य व्यक्तिहरुको चित्रणमा हामीले यस्तैखाले ऐतिहासिक डाटासम्बन्धी मुद्दाहरुको सामना गर्यौं, र अन्त्यमा यो निर्णय लियौं कि यी सबै मुख्यतया मनोरञ्जनका लागि थिए । आजको चार्ट जस्तै, यसमा कमीकमजोरी छन् – तर अन्त्यमा यसले प्रचुर मात्रामा सन्दर्भ–सामग्री प्रदान गर्छ र एउटा संवाद सहजकर्ताका रूपमा काम गर्दछ ।
हाम्रो व्याख्या
चेतावनीहरुलाई एकातिर पन्छाउँदा, त्यहाँ कैयौं सरल कथाहरु छन् जुन यस सरल चार्टसँग तादात्म्य हुन्छन् । तिनीहरुले पश्चिमा औद्योगिक क्रान्तिको विशाल प्रभाव समाहित गर्छन्, साथसाथै एसियाको पुनरोत्थान हुनु पछाडिको गति पनि सामेल छ ।
तर एउटा अर्को कथा छ जसले यी सबैलाई जोड्छः– बितेको शताब्दीमा भएको मानवीय आर्थिक वृद्धिको प्रतिपादकीय दर ।
हजारौं वर्षदेखि, आर्थिक प्रगति धेरै हदसम्म रेखात्मक थियो र जनसङ्ख्या वृद्धिसँग जोडिएको थियो । यान्त्रिक उपकरण र प्रविधिहरु आविष्कार नभएका बेला व्यक्तिले आप्mनो समय र संसाधनहरुको भरमा यति मात्र उत्पादन गर्न सक्थ्यो ।
हालसालै, प्रौद्योगिकी र ऊर्जामा भएका नवीनतम आविष्कारले खेलमा ‘हकी स्टिक’ प्रभावको अनुमति दिएको छ । पहिला यो पश्चिमी युरोप र उत्तरी अमेरिकामा भयो, र अहिले विश्वका अन्य भागमा भइरहेको छ । यस प्राविधिक खेल मैदानका रूपमा इतिहासका सबैभन्दा ठूला परम्परागत अर्थव्यवस्थाहरुमध्ये केही चीन र भारतजस्ता अर्थव्यवस्थाहरु अहिले ठूलै पुनरागमन गरिरहेका छन् ।
लेखक भ्युजुअल क्यापिटलिस्टका संस्थापक तथा सम्पादक हुन् ।