आईईएलटीएस परीक्षा कम्प्युटरबाट

आईडीपीले यो आधुनिक प्रणालीको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ ।

काठमाडौं । आईडीपी एजुकेसनले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालीबाट आईईएलटीएस परीक्षा दिने व्यवस्था सुरु गरेको छ । आईडीपीले यो आधुनिक प्रणालीको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ ।

आईडीपीले कम्प्युटर प्रणालीमार्फत सञ्चालन हुने आईईएलटीएस परीक्षा अस्टे«लियामा केही महिनाअघि सुरु गरेको थियो ।

परीक्षामा नयाँ प्रणालीको विकास गरिए पनि प्रश्नावलीको बस्तु र संरचनामा केही परिवर्तन नआएको बताइएको छ । मौखिक अन्तरवार्ता भने यथावत् छ ।

नयाँ प्रणालीको ज्ञान र अनुभव लिन साथै दर्ता गर्न परीक्षार्थीले आईडीपी आईईएलटीएस नेपालको वेबसाइट www.idpieltsnepal.com मा लग इन गर्न सकिने बताइएको छ ।