राष्ट्रिय जलमार्ग पहिलोसँगै, गण्डकी र कोसी नदी हाजीपुर र कुर्सेला नामका दुई ठाउँबाट बग्दै गङ्गामा गएर मिसिन्छ । गङ्गा नदीसँग यी दुई नदीको सङ्गमलाई नेपाल समुद्रसँग जोड्ने पोइन्टको रुपमा लिइन्छ ।
एजेन्सी । नेपालका तीन प्रमुख नदीमध्येका दुई कोसी र सप्तगण्डकी भारतको समथर फाँटहरुबाट बग्दै गङ्गा नदीमा गएर मिसिन्छन् । गङ्गा भगिरथी हुग्ली नदी प्रणालीलाई १९८६ मा भारतले राष्ट्रिय जलमार्ग पहिलो घोषणा गरेको थियो ।
राष्ट्रिय जलमार्ग पहिलोसँगै, गण्डकी र कोसी नदी हाजीपुर र कुर्सेला नामका दुई ठाउँबाट बग्दै गङ्गामा गएर मिसिन्छ । गङ्गा नदीसँग यी दुई नदीको सङ्गमलाई नेपाल समुद्रसँग जोड्ने पोइन्टको रुपमा लिइन्छ ।
भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले धेरैवटा अन्तरदेशीय जलमार्ग विकास गर्ने योजनासाथ लिएर आएको छ । ३०० किलोमिटर लामो ३७औं राष्ट्रिय जलमार्ग जुन गण्डकी र गङ्गाको सङ्गम हो, त्यो हाजिपुरबाट त्रिवेणीघाटसम्म फैलिएको छ, त्यो भारतको पहिलो प्राथमिकतामा छ ।
सडक यातायात तथा राजमार्गका लागि भारतीय युनियनमन्त्री नीतिन गाडकारीले गत फेब्रुअरी ११ मा यो परियोजनाको एउटा ग्राउन्डब्रेकिङ समारोहमा सहभागिता जनाएका थिए । यदि एकपटक जहाज भारतको विहार जिल्लास्थित भैसालोतान ब्यारेजमा आउने हो भने त्यसलाई नेपाली भूभागमा ल्याउन सकिने सम्भावना बलियो देखिन्छ । नेपालमा जहाज ल्याउन प्राविधिक सम्भावनामाथि छलफल गर्नका निम्ति भारत र नेपालका अधिकारीहरुको उच्च तहको भेटघाट यही मार्च महिनाको पहिलो हप्तामा हुने अपेक्षा गरिएको छ ।
नेपालले अन्तरदेशीय डुङ्गाका लागि अझै पनि प्राविधिक निर्देशन र स्ट्यान्डर्डहरु विकास गर्न बाँकी छ । तर यदि नेपालले भारतीय जलमार्गलाई बढाएर नेपालमा जहाज ल्याउने लक्ष्य लिएको छ भने भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणका निर्देशनहरु काम लाग्न सक्छ । भारतीय निर्देशनका अनुसार जहाज चलाउनका लागि नदिमा १.५ मिटरसम्म पानीको स्तर नियमित कायम राख्न आवश्यक हुन्छ ।
गहिराइ कायम राख्न नदीभित्र कम गहिराइ भएका स्थानहरुबाट बालुवा र अन्य बसेका वस्तुहरु निकालेर फ्याँक्न आवश्यक हुन्छ । यो प्रक्रियालाई ड्रेडजिङ भनिन्छ । एपी१ टेलिभिजनका माधव बेल्बासेसँग कुराकानी गर्दै जल तथा ऊर्जा आयोगका सहसचिवले डे«डजिङ प्रक्रियाबाट भारतीय जहाजलाई नवलपरासीको त्रिवेणीबाट चितवनको दासढुङ्गासम्म ल्याउन सकिने सम्भावनामाथि प्रकाश पारेका छन् ।
अन्तरदेशीय नाविक जहाजलाई उनीहरुको प्रयोजनका आधारमा वर्गीकरण गरिन्छ । उदाहरणका लागि सुक्खा मालवाहक जहाजलाई सुक्खा कार्गो यातायातका लागि प्रयोग गरिन्छ, तरल मालवाहक जहाजलाई तरल कार्गो जस्तै रसाइन र पेट्रोलियम यातायातका लागि प्रयोग गरिन्छ । यात्रुवाहक जहाजलाई यात्रु बोक्न प्रयोग गरिन्छ भने कन्टेनर जहाजलाई कन्टेनर बोक्न प्रयोग गरिन्छ । यी सम्पूर्ण जहाजहरुसँग फरकफरक क्षमताभार हुन्छ । भारतमा कम्तीमा २ देखि २.३ मिटरसम्म गहिराइ र ४५ मिटर चौडाइ भएका नदीलाई दुई हजार टनसम्मका जहाजहरु चलाउन उपयुक्त मानिन्छ ।
फेब्रुअरी ११ मा भारतीय अखबार हिन्दुस्तान टाइम्समा प्रकाशित खबर अनुसार नवलपरासी हुँदै हाजिपुरदेखि त्रिवेणीघाटसम्म फैलिने गण्डक नदीमाथिको तीन सय किलोमिटरको अन्तरदेशीय जलमार्गको विकासका लागि भारतले १२ करोड ९१ लाख भारतीय रुपयाँ खर्च गर्नेछ ।
यो ३७औं राष्ट्रिय जलमार्गमा भैसाली, कल्यानपुर, बेतिहा र बगाहमा गरी तीन ओटा टर्मिनल रहनेछन् । दुबै देशले संयुक्त रुपमा गरेको सम्भाव्यता अध्ययनमा यो जलमार्गलाई नेपालतर्फ ल्याउने काममा नेपालले नै बजेट लगानी गर्नेछ ।
जहाजलाई मालबहनका लागि सबैभन्दा उच्च ऊर्जा सञ्चित माध्यम मानिन्छ । विश्व बैङ्कको एक प्रतिवेदनअनुसार थलमार्गमा एक लिटर इन्धनले २४ टनसम्मको माललाई बोक्न सक्छ, जब कि जलमार्गबाट सोही मात्राको इन्धनले १०५ टन माललाई बोक्न सक्छ । साथै जलमार्गबाट जाज चलाउनु सडकबाट गाडी कुदाउनको खर्चभन्दा आधा कम हुन आउँछ ।
नेपलामा माल ढुवानी गर्ने कन्टेनरहरुको प्रतितौल २० टन हुन्छ । यदि हजार टन क्षमता भएको जहाजलाई गण्डकी नदीमा सञ्चालन गरियो भने यसले एक पटकमा ५० वटा कन्टेनर बोक्न सक्छ । अन्तरदेशीय नाविकले वातावरणमा पनि एकदमै कम प्रभाव पार्छ । ड्रेज गरिएका पदार्थहरु नदीभित्र दबिएर बचत हुन्छन् । यो प्रणालीले नदीको प्रवाहमा पनि कुनै प्रभाव पार्दैन । जहाज सञ्चालनमा कम इन्धन उपभोग हुने भएको कारण सडकमार्गको तुलनामा कार्बन उत्सर्जन पनि कम हुन्छ । नाविक यात्राबाट ध्वनि प्रदूषण पनि कम हुन्छ । यद्यपि जहाजको चालले भने विभिन्न जलचर प्राणीहरुको वासलाई भने प्रभावित पार्छ । त्यसमाथि जहाज सञ्चालन हुने भनिएको नारायणी दीमा त एकदमै दुर्लभ रोयल बंगाल बाघ र एकसिंगे गैंडाहरुको बसोवास रहेको छ ।
तर सिँचाइ तथा जलविद्युत् आयोजनाका लागि प्रयोग हुँदै आएको पानीमाथि जलमार्ग विकास गर्नुअघि पर्याप्त अध्ययन हुन आवश्यक छ । यसका लागि डाइभर्सनहरु राम्ररी विचार गरिनुपर्छ । डाइभर्सनपछि पनि आवश्यक गहिराइ कायम रहने हो भने नदीहरु नाविकका लागि सक्षम मानिन्छन् ।
जनवरी १४ मा जलमार्गको कार्यालय स्थापना गर्न नेपाल सरकारले एउटा बिल पारित गर्यो । प्रधानमन्त्री केपी ओलीले एकान्तकुना ललितपुरमा १४ फेब्रुअरीमा त्यस कार्यालयको उद्घाटन गरे । गत २८ जुन २०१८ मा सरका गठनपछि एक समारोहमा बोल्दै प्रधानमन्त्री केपी ओलीले कोलकातासम्म नदीको यात्रा गर्न मानिसहरुलाई आमन्त्रित गरेका थिए ।