चौधरी विश्वको १३४९ औं धनी, सम्पत्ति बढेर १७० अर्ब पुग्यो

फोर्ब्सको २०१७ को धनाढ्यको सूचीमा १५६७ स्थानमा रहेका चौधरीको सो समयमा एक अर्ब ३१ करोड अमेरिकी डलरबराबरको सम्पत्ति थियो । बितेको दुई वर्षमा चौधरीले निकै ठूलो छलाङ मार्न सफल भएका छन् ।

काठमाडौं । नेपालका चर्चित उद्योगपति विनोद चौधरी यस वर्षको फोर्ब्स म्याग्जिनको सूचीमा १३४९ औं स्थानमा पर्न सफल भएका छन् । फोर्ब्सको आकडाअनुसार उनको सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर छ ।

फोर्ब्सको २०१७ को धनाढ्यको सूचीमा १५६७ स्थानमा रहेका चौधरीको सो समयमा एक अर्ब ३१ करोड अमेरिकी डलरबराबरको सम्पत्ति थियो । बितेको दुई वर्षमा चौधरीले निकै ठूलो छलाङ मार्न सफल भएका छन् ।

नेपालको चर्चित सीजी ग्रुपले खाद्य, विद्युतीय सामग्री, बियर र धेरै होटल सञ्चालन गर्छ । चौधरी ग्रुपको चर्चित वाइवाइ चाउचाउले नेपालबाहेक भारत, सर्बिया, साउदी अरब र बङ्गलादेशमा पनि व्यापार विस्तार गरेको छ ।

सीजीका होटलको कुरा गर्ने हो भने यसका २९ ओटा आफ्नै होटल छन् र भारतको चर्चित लक्जरी होटल ताजसहित ७० ओटाको व्यवस्थापन गरिरहेको छ ।

चौधरीका तीन छोरा निर्वाण, राहुल र वरुणले उनलाई व्यवसायमा सहयोग गर्दै आएका छन् ।