प्रहरीलाई सय रुपैयाँ घुस दिने ट्रक चालक पक्राउ

पक्राउ पर्नेमा ना६ख ३२०२ नम्बरका ट्रक चालक चितवन भण्डाराका २६ वर्षीय रिदम नेपाली छन् ।

काठमाडौं । काठमाडौंको टेकुस्थित चेकिङमा बसेका प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्ने एक ट्रक चालकलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ना६ख ३२०२ नम्बरका ट्रक चालक चितवन भण्डाराका २६ वर्षीय रिदम नेपाली छन् ।

मङ्गलबार राति चेकिङमा रहेका प्रहरीले कागजपत्र मागेपछि चालक नेपालीले प्रहरीलाई एक सय रुपैयाँ लिएर मिलाउन अनुरोध गरेका थिए ।

घुस दिन खोज्दा चालक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही थालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।