मेडिकल कलेजले विद्यार्थीबाट सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको उजुरीपछि प्रहरीले कलेजका प्रमुख खनाल र परीक्षा नियन्त्रक लक्ष्मीप्रसाद शर्मालाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । सरकारले निर्धारण गरेको अध्यायन शुल्कभन्दा बढी रकम लिने गण्डकी मेडिकल कलेजका प्रमुख सन्तोष खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
मेडिकल कलेजले विद्यार्थीबाट सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको उजुरीपछि प्रहरीले कलेजका प्रमुख खनाल र परीक्षा नियन्त्रक लक्ष्मीप्रसाद शर्मालाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
कलेजले बढी शुल्क लिएर ठगी गरेको भन्दै सो कलेजमा अध्यनरत विद्यार्थीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले कलेज प्रमुखलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
विद्यार्थीहरुले सञ्चालक खुमा अर्याल, प्रधानाध्यापक रविन्द्रप्रसाद श्रेष्ठ, हरिमाया पौडेल, दिनेश पौडेललगायतका कलेज व्यवस्थापनविरुद्ध उजुरी दिएका छन् ।
शर्मा र खनालबाहेक अन्य सबैजना फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघदेखि आन्दोलन गरिरहेका छन् ।