प्रहरीको गोली लागेर दुर्गाबहादुर रोका घाइते भएको प्रहरी प्रमुख पुडासैनीले बताए ।
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा हतियारसहित ‘विप्लव’ माओवादीका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा भागेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले जानकारी दिए ।
प्रहरीको गोली लागेर दुर्गाबहादुर रोका घाइते भएको प्रहरी प्रमुख पुडासैनीले बताए ।
गोली लागेर घाइते भएका रोकाको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले रोकाको साथबाट २ थान अत्याधुनिक हतियार एसएमजी र एक थान पेस्तोल बरामद गरेको छ ।