चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ

प्रहरीले बुधबार राति कैलालीको चिसापानीबाट २ किलो ३ सय ग्राम सुनसहित धनगढी उपमहानगरपालिका १ का ४५ वर्षीय रमेशकुमार सैंजु र कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया सीताकुमारी चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमल्सेनाले जानकारी दिए ।

काठमाडौं । कैलालीको चिसापानीबाट प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार राति कैलालीको चिसापानीबाट २ किलो ३ सय ग्राम सुनसहित धनगढी उपमहानगरपालिका १ का ४५ वर्षीय रमेशकुमार सैंजु र कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया सीताकुमारी चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमल्सेनाले जानकारी दिए ।

चिसापानीमा प्रहरीले चेकजाँचका क्रममा अवैध सुनसहित उनीहरुलाई पक्राउ गरिएको एसपी तिमल्सेनाले बताए ।

बा१९च ७४१३ नम्बरको कारमा लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ । सुनसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूर पश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पाठाइने प्रहरीले जनाएको छ ।