आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले प्रयास गरिरहेको महानगरीय प्रहरीवृत्त जनसेवाका डीएसपी वासुदेव खत्रीले जानकारी दिए ।
काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित मखन टोलमा भीषण आगलागी भएको छ । बिहीबार अपरान्ह स्थानीय रञ्जु तुलाधरको घरमा आगलागी सुरु भएको र अझैसम्म नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले प्रयास गरिरहेको महानगरीय प्रहरीवृत्त जनसेवाका डीएसपी वासुदेव खत्रीले जानकारी दिए ।
उनका अनुसार आगो निभाउन ६ ओटा दमकल परिचालन गरिएको छ ।