बिहीबार बिहान मात्र प्रहरीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेर २ थान एसएमजी त्यसमा लाग्ने म्यागेजिन ३ ओटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ ओटा, ४० मिटर तार र एक थान रिमोट बरामद गरेको थियो ।
काठमाडौं । हतियार भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द ‘बिप्लव’का भतिज यादव चन्दको घरमा छापा मार्न खोज्दा स्थानीयबासीले प्रतिकार गरेका छन् ।
यादव चन्दको घरमा हतियार भएको आशंकामा प्रहरीले छापा मार्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले ढुंगामुढा गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन् ।
बिहीबार बिहान मात्र प्रहरीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेर २ थान एसएमजी त्यसमा लाग्ने म्यागेजिन ३ ओटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ ओटा, ४० मिटर तार र एक थान रिमोट बरामद गरेको थियो ।
हतियार भएको सूचनापछि प्रहरी टोली रोकाको घरमा छापा मार्नखोज्दा रोका भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले रोकाको खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बिप्लवको गाँउमा रहेको घरमा खानतलासी गरेको कपिलबस्तु प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले बताए ।