दुई दिनदेखि परिवारसँग सम्पर्कविहीन धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंह अपहरणमा परेको प्रहरीले जनाएको छ ।
काठमाडौं । कैलालीको धनगढीका एक व्यापारी अपहरणमा परेका छन् । दुई दिनदेखि परिवारसँग सम्पर्कविहीन धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंह अपहरणमा परेको प्रहरीले जनाएको छ ।
अपहरणकारीले भारतीय नम्बरबाट टेलिफोन गरेर केही रकम माग गरेको बताइएको छ । उनको खोजीमा प्रहरी टोली परिचालित भएको छ ।
घटनाका बारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमल्सेनाले जानकारी दिए । ‘व्यक्ति सम्पर्कविहीन भएका छन्, अनुसन्धान हुँदैछ, प्रहरी खोजीमा जुटेको छ,’ उनले भने ।