रौतहटमा एक युवतीमाथि सामूहिक बलात्कार

प्रहरीले घटनास्थलबाट ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । रौतहटको गरुडाबाट बिहीबार दिउँसो ३ जनाले ललाइफकाई ती युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको र त्यसपछि तीनै जना युवा फरार भएको प्रहीले जनाएको छ ।

काठमाडौं । रौैतहटमा एक १४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । रौतहटको जुगरा नगरपालिका २ स्थित जंगलसैया साझेदारी वन क्षेत्रमा बिहीबार एक १४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । रौतहटको गरुडाबाट बिहीबार दिउँसो ३ जनाले ललाइफकाई ती युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको र त्यसपछि तीनै जना युवा फरार भएको प्रहीले जनाएको छ ।

युवती चिच्याउँदै गरेको आवाज सुनेपछि वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । पीडित युवतीले तीन जना युवाले आफूलाई पालैपाले बलात्कार गरेको प्रहरीलाई बताएकी छन् । पीडित युवतीको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । फरार रहेका युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।