बिप्लव समूहद्वारा अपहणमा परेकाे भनिएकी सांसद प्रहरी सम्पर्कमा

अपहरणमा परेको भनिएकी सांसद मल्ल केही समय अघि सम्पर्कमा आएको बझाङ प्रहरी प्रमुख डीएसपी प्रविन धितालले जानकारी दिए ।

काठमाडौं । बिप्लव समूहद्वारा अपहरणमा परेकाे भनिएकी नेकपा बझाङकी सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् ।

अपहरणमा परेको भनिएकी सांसद मल्ल केही समय अघि सम्पर्कमा आएको बझाङ प्रहरी प्रमुख डीएसपी प्रविन धितालले जानकारी दिए ।

क्यापिटल नेपालसँग डीएसपी धितालले भने, ‘सम्पर्कमा आउनु भएको छ, राम्रोसँग टेलिफोन सम्पर्क हुन सकेको छैन,’ उनले भने ।