मङ्गलबार भीमेश्वर नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी मेयर भरतबहादुर केसीले राजपत्र सार्वजनिक गरेका हुन् । तीन भागमा प्रकाशित राजपत्रको पहिलो भागमा नगरपालिकाद्वारा नगरसभाद्वारा पारित ऐन प्रकाशित गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
भीमेश्वर नगरपालिकाले मङ्गलबारबाट राजपत्र प्रकाशन सुरु गरेको छ । नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड र आदेश तथा सूचना प्रकाशनका लागि राजपत्र प्रकाशन गरिएको हो ।
मङ्गलबार भीमेश्वर नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी मेयर भरतबहादुर केसीले राजपत्र सार्वजनिक गरेका हुन् । तीन भागमा प्रकाशित राजपत्रको पहिलो भागमा नगरपालिकाद्वारा नगरसभाद्वारा पारित ऐन प्रकाशित गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । यसैगरी दोसो भागमा ऐन कार्यान्वयन गर्न आवश्यक नियमावली, कार्यविधि र निर्देशिका तथा मापदण्ड प्रकाशित गरिएको छ । यस्तै तेस्रो भागमा आदेश तथा नगरपालिकाका सूचनाहरु प्रकाशन गरिएको मेयर भरतबहादुर केसीले बताए ।
नगरपालिकाले हालसम्म गरेका कार्यबारे पनि जानकारी दिइयो । नगरसभाको हिउँदे अधिवेशनमा १० ओटा विधेयक टेबल गरिएको मेयर केसीको भनाइ छ । टेबल भएका विधेयकहरुमा आर्थिक कार्यविधिलाई नियमित तथा व्यवस्थापन गर्न बनेको विधेयक, आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थित गर्न बनेको विधेयक, आधारभूत स्वास्थ्य तथा सरसफाइ व्यवस्थित गर्न बनेको विधेयक, औद्योगिक व्यवसाय दर्ता तथा सञ्चालनलाई व्यवस्थित गर्न बनेको विधेयक, सहकारी व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक, गैरसरकारी संस्थालाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक, कृषि तथा पशु व्यवसायलाई प्रवद्र्धन गर्न बनेको विधेयक, भीमेश्वर नगरपालिका क्षेत्रभित्रका सडक व्यवस्थापन मापदण्ड तथा न्यायिक समिति कार्यविधि विधेयक २०७४ छन् ।
हाल विधेयकहरु विषय गत समितिमा छलफलको क्रममा रहेको तथा समितिमा छलफल भई पारित भएपछि निर्णयार्थ नगरसभामा पेस गरिने मेयर केसीले जानकारी दिए ।