सरकारी गाडीको ठक्करबाट अर्नाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गए राति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स १ झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गरेको गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो। रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नाको गाडीको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो। गाडीमा समेत क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको फुयाँलले बताए।