नक्कली पेस्तोल देखाउँदै प्रहरीको आवरणमा ठगी गर्ने एक पक्राउ

सशस्त्र प्रहरी सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले गत शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्ला हिमा गाउँपालिका २२ वर्षीय रोशन रोक्कालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं । नक्कली पेस्तोल तथा प्रहरीको परिचय पत्र देखाउँदै ठगी गर्ने जुम्लाका एक युवालाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले गत शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्ला हिमा गाउँपालिका २२ वर्षीय रोशन रोक्कालाई नियन्त्रणमा लिएको हो ।

केन्द्रबाट निरीक्षणमा आएको भन्दै रोक्काले स्थानीय व्यापारीबाट रकम उठाउने गरेको सूचनापछि सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले रोक्काको साथबाट दुई थान नक्कली पेस्तोल र दुई ओटा मोबाइल बरामद गरेको छ । पक्राउ परेका रोक्कालाई प्रहरीले थुनामा राखी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।