काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित खुला ठाँउमा आधा गाडेको अवस्थामा प्रेसरकुकर फेला परेको हो ।
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा प्रेसरकुकर बम फेला परेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित खुला ठाँउमा आधा गाडेको अवस्थामा प्रेसरकुकर फेला परेको हो ।
स्थानीयले उक्त शङ्कास्पद अवस्थामा रहेको प्रेसरकुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसरी राखिएको प्रेसरकुकर बम भएको हुनसक्ने प्रहरी आशङ्का छ । उक्त शङ्कास्पद बस्तुलाई सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।