राष्ट्रिय व्यावसायिक पहलद्वारा अध्यक्ष गुरुङको घरमा बम विस्फोटको भर्त्सना

आइतबार विज्ञप्ति जारी गर्दै नेपाली उद्योगी व्यवसायीबाट जबर्जस्ती चन्दा उठाउने र नदिएमा आतङ्कित तुल्याउने तथा आम नागरिकको धन सम्पत्ति एवम् जीउ ज्यानसमेत खतरामा पर्ने परिस्थिति निर्माण भएकाले नेपाल सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम प्रहार घटनाको घोर भर्त्सना गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै नेपाली उद्योगी व्यवसायीबाट जबर्जस्ती चन्दा उठाउने र नदिएमा आतङ्कित तुल्याउने तथा आम नागरिकको धन सम्पत्ति एवम् जीउ ज्यानसमेत खतरामा पर्ने परिस्थिति निर्माण भएकाले नेपाल सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

विज्ञप्तिमा सुरक्षितरुपमा उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न तथा दोषी पहिचान गरी कडाभन्दा कडा कारबाही गरी निजको भौतिक सम्पत्तिमा भएको क्षतिको उचित क्षतिपूर्ति दिलाई कानूनी शासन बहाल गर्न माग गरिएको छ ।

शुक्रबार साँझ अध्यक्ष गुरुङको घरमा बिप्लव माओवादीनिकट युवा सङ्गठनले बम प्रहार गरेको थियो । बम प्रहारबाट गुरुङले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घर पनि क्षति भएको छ । साथै बम प्रहारबाट ३ जना घाइते हुनुका साथै आसपासका घरका सीसासमेत फुटेका थिए ।