चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा २२. ७२ प्रतिशत बढी राजस्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी छ ।
काठमाडौं । गत आर्थिक बर्ष २०७४/०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजस्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन् । उक्त आर्थिक वर्षमा सङ्कलन भएको कुल सरकारी राजस्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजस्वको योगदान १.६४ प्रतिशत रहेको चौधरी ग्रुप जनाएकाे छ ।
चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा २२. ७२ प्रतिशत बढी राजस्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी छ । उक्त वर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो ।
‘सरकारी राजस्वमा उच्च योगदान पुर्याउन सकेकोमा हामी गौरवान्वित छौँ । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी उच्च व्यावसायिक मर्यादा एवम् पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’
चौधरी ग्रुपले चालू आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब रूपैयाँ लगानी गर्दैछ । केही प्रोजेक्ट सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा छन् । यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सीजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवम् ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत छन् । सीजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सीजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवम् सफ्ट ड्रिंक्सलगायतका उद्योग छन् ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सीजी लाइफसेल’ कार्यान्वयनको तयारीमा छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ । यस परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवश्यक समर्थन र सहयोग प्राप्त हुने कम्पनीले विश्वास लिएकाे छ ।
चौधरी ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ग्रुपद्वारा उत्पादित वस्तु तथा सेवाको व्यवसायमा हजारौँको सहभागिता छ । चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सीजी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्टमध्येको एक मानिन्छ । ग्रुपले प्रदेश ५ को बर्दिया र प्रदेश १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।