प्राधिकरणले हामा स्टील इन्डष्ट्रिज प्रालि, सूर्य नेपाल प्रालि, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्टलगायत उद्योगमा डेडिकेटेड शुल्कसहितको बिल पठाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर लाइनको सुविधा नलिएका उद्योगमा बिल तिर्नका लागि पत्र पठाएको छ । डेडिकेटेड फिडर माग नगरेका र नलिएका उद्योगमा विद्युत् प्राधिकरणले धमाधम बिल पठाएपछि उद्योगीहरुले गुनासो गरेका छन् । धेरै उद्योगमा विद्युत् प्राधिकरणले डेडिकेटेड शुल्क लिएको उनीहरुको भनाइ छ ।
प्राधिकरणले हामा स्टील इन्डष्ट्रिज प्रालि, सूर्य नेपाल प्रालि, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्टलगायत उद्योगमा डेडिकेटेड शुल्कसहितको बिल पठाएको छ ।
विद्युत् महशुल, अन्य दस्तुर तथा सेवा शुल्क र बिलिङसम्बन्धी व्यवस्थाको ५ नम्बर बुँदामा ३३ केभीए ट्रंकलाइन र ११ केभीए रिङ मेन फिडरबाट नयाँ ग्राहकलाई विद्युत् आपूर्ति गरिने छैन ।
अर्को व्यवस्था नभएसम्मका लागि हाल ट्रंक लाइनबाट बिजुली आपूर्ति लिइरहेका कुनै पनि ग्राहकले उक्त लाइनबाट २० घण्टा वा सोभन्दा बढी डेडिकेटेड फिडरसरह विद्युत् आपूर्ति लिन चाहेमा सो सरहको महशुल तिरी लिन सक्ने छन् भन्ने उल्लेख छ । यस्तै सेवा लिन स्वीकृतिका लागि निवेदन पर्न आएमा डेडिकेटेड लाइन सरह प्राधिकरण सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले डेडिकेटेडका लागि कसैले पनि निवेदन नदिएको तर प्राधिकरणले सो सरह महशुल तिर्नुपर्छ भन्दै पत्रचार गरेको बताए । ‘सरकारले समयअनुसार लोडसेडिङ गरिरहेको छ ।
डेडिकेटेड जोडेका पनि छैनन् । प्राधिकरणले कसरी शुल्क तिर्नेपर्ने पत्र पठायो ?’ उनले भने, ‘प्राधिकरणको यो पत्रले उद्योगी आतङ्कित भएका छन् ।’