प्रधिकरणबाट विद्युत सङ्कलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय सञ्चालनमा ठूलो समस्या पर्न गएको भन्दै तत्काल यस्तो कार्य रोक्न सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं । डेडिकेटेड लाइन नै नलिएका उद्योगलाई डेडिकेटेडको भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले पत्र काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले त्यसको विरोद्ध गरेको छ ।
प्रधिकरणबाट विद्युत सङ्कलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय सञ्चालनमा ठूलो समस्या पर्न गएको भन्दै तत्काल यस्तो कार्य रोक्न सरकारलाई आग्रह गरेको छ ।
उक्त विनियमावली अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताविना विद्युत सेवा प्रवाहनै नगरि प्राधिकरणबाट एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गरिँदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न÷नगराउन महासङ्घले अनुरोध गरेको छ । साथै बिल जारी भइसकेको भए कार्यान्वयन नगराउन समेत महासंघ माग गर्दछ ।
महासङ्घले गरेको माग माग कार्यान्वयन नगरे उद्योगहरु बन्द गर्न बाध्य हुने र परिणामस्वरूप मुलुकलाई ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था उत्पन्न हुनेतर्फ सचेत गराउँछ ।
वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्षको निवासमा भएको आक्रमणको निन्दा
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निजी निवासमा शुक्रवार भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ । व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन सक्दैन महासङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको छ । राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ । यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउ“दछ ।
मुलुकका विभिन्न भागहरूमा निजी क्षेत्र लक्षित चन्दा आतंक तथा आक्रमण जस्ता गतिविधिहरू बढ्न थालेको महशुस हुन थालेकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।