no-image

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहमा दुई युवा समूहबीच भएको ग्याङफाईटमा परी एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग्याङफाईटबाट खैरहनीका अनिश पुरीको मृत्यु भएको हो।

बाटोमा आफ्नो समूहसहित बसेका पुरीलाई मोटरसाईकलमा आएका अर्को ग्याङका युवाले ढुंगा प्रहार गरी पुरीलाई घाईते बनाएको र घाईते पुरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको र अन्य २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।

उनीहरू बिच पुरानो रिसिइवी रहेको र सोही कारण २ समूह बिच ग्याङफाईट भएको प्रहरीले दाबी गरेको छ।