प्रहरीका अनुसार आइतबार राति अज्ञात समूहले कन्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरव बिल्डर्सको क्रसर उद्योगमा आजगनी गरेको हो ।
काठमाडौं । अज्ञात समुहले कञ्चनपुरको एक क्रसर उद्योगमा आगजनी गरेको छ ।
प्रहरीका अनुसार आइतबार राति अज्ञात समूहले कन्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरव बिल्डर्सको क्रसर उद्योगमा आजगनी गरेको हो ।
आगजनीबाट उद्योगको से१क २५८ नम्बरको जेसीभी जलेर पूर्ण क्षति भएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
क्रसर आगजानीमा बिप्लव समूहको हात रहेको प्रहरी आशङ्का छ ।