उनले उत्पादनका साधनलाइ उच्चतम प्रयोग गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । सरकारका नीति, कार्यक्रम र बजेटमा विभिन्न कृषि सहकारीजस्ता संघसंस्थालाई जोड्न सफल भएको उनको भनाइ छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी सदस्यहरु प्रत्यक्ष व्यवसायमा जोडिनुपर्ने बताएका छन । साना किसान विकास लघुवित्त वित्तिय संस्थाको १८ औं बार्षिक समारोहमा बोल्दै खतिवडाले यस्तो बताएका हुन ।
उनले उत्पादनका साधनलाइ उच्चतम प्रयोग गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । सरकारका नीति, कार्यक्रम र बजेटमा विभिन्न कृषि सहकारीजस्ता संघसंस्थालाई जोड्न सफल भएको उनको भनाइ छ ।
सरकारले वित्तीय क्षेत्रमा भएका अवरोध हटाउदै अघि बढेको भन्दै खतिवडाले सिमान्तकृत देखि साना किसान सम्मलाइ बजेट र कार्यक्रममा समाबेश गरेको बताए ।
निरपेक्ष गरिवीको रेखामुनि परेका किसानलाई समेट्न नसकिएको भन्दै १० प्रतिशत जनसंख्यालाई मात्रै भएपनि घटाउन सकेमा गरिबी निवारण हुने बताए । साना किसान सधै सानो नहुने भन्दै खतिवडाले ग्रामीण स्वावलम्वन कोषसँग मर्ज गरेर लैजान कार्यविधि बनेको बताए ।