जन्ती बस दुर्घटनामा दुईको मृत्यु

भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करिब २ बजे दुर्घटना भएको हाे । 

हेटौँडा । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करिब २ बजे दुर्घटना भएको हाे ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी छ । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस