आठ लाखको धनमाल चोरी

काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद एक लाख ५० हजार रूपैयाँसहित सुनका गरगहना गरी दुई लाख ४० हजारबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

काठमाडौँ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद एक लाख ५० हजार रूपैयाँसहित सुनका गरगहना गरी दुई लाख ४० हजारबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब पाँच लाख ७७ हजार रूपैयाँबराबरको धनमाल आज बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।