भरतपुर बम काण्डमा बिप्लवका ६ कार्यक्रर्ता पक्राउ

‘बम बिस्फोट घटनामा संलग्न रहेको आशङ्का ६ जनालाई नियन्त्रणमा लिएका छौं, बाँकी अनुसन्धान हुँदैछ,’ चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने । पक्राउ गरिएका ६ जनाको विवरण भने गोप्य राखिएको छ ।

काठमाडौं । मङ्गलबार राति भरतपुर महानगरपालिको वडा कार्यालयमा बम बिस्फोट घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले बिप्लव समूहका ६ जना कार्यक्रतालाई पक्राउ गरेको छ ।

‘बम बिस्फोट घटनामा संलग्न रहेको आशङ्का ६ जनालाई नियन्त्रणमा लिएका छौं, बाँकी अनुसन्धान हुँदैछ,’ चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने । पक्राउ गरिएका ६ जनाको विवरण भने गोप्य राखिएको छ ।

बिप्लव समूहले मङ्गलबार राति भरतपुर महानगरको ५ नम्बर वडा कार्यालयमा बम बिस्फोट गराएको थियो । सिलिन्डर बम बिस्फोटबाट वडा कार्यालयको भवन पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।