मानव कल्याण समाजलाई महासङ्घको सहयोग

यही फागुन ११ गते निर्माण व्यवसायी महिला समन्वय समितिको तेस्रोराष्ट्रिय भेलाको अवसरमा समाजलाई १५ हजार नगद आर्थिक सहयोग गर्दै जिन्सी सहयोगको घोषणा समेत गरिएको थियो । सोही घोषणाबमोजिम आज समाजको प्रागंणमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घले समाजमा रहेका हरेक दुःखी पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

महासङ्घले समाजलाई काठको दराज १ थान, साइकल १ थान, ग्याससहित सिलिण्डर २ थान, पानीको जार ३ थान र तन्ना ४० थान उपलब्ध गराएको छ ।

यही फागुन ११ गते निर्माण व्यवसायी महिला समन्वय समितिको तेस्रो राष्ट्रिय भेलाको अवसरमा समाजलाई १५ हजार नगद आर्थिक सहयोग गर्दै जिन्सी सहयोगको घोषणा समेत गरिएको थियो । सोही घोषणाबमोजिम आज समाजको प्राङ्गणमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा महासङ्घको तर्फबाट सह–कोषाध्यक्ष एवम् निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्की, महिला निर्माण व्यवसायीहरु लक्ष्मी बस्नेत कार्की, कमला काफ्ले भट्टराई, गीता शाही, महासङ्घका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता थियो ।