निर्मला हत्या प्रकरण– प्रहरीको बहस सकियो, आदेश आउन बाँकी

गएको बुधबार कञ्चनपुर जिल्ला अदालतमा दायर मुद्दाको बहस सकिएको र आदेश आउन बाँकी रहेको जिल्ला अदालका श्रेस्तेदार हरिकृष्ण अवस्तीले बताए ।

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरीमाथि दायर मुद्दाको बहस सकिएको छ ।

गएको बुधबार कञ्चनपुर जिल्ला अदालतमा दायर मुद्दाको बहस सकिएको र आदेश आउन बाँकी रहेको जिल्ला अदालका श्रेस्तेदार हरिकृष्ण अवस्तीले बताए ।

मुद्दा दायरसँगै आरोपित ६ प्रहरीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो भने एसपी बिष्ट र डीएसपी जीसी फरार छन् ।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए ।

मुद्दा लागेका प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबीसहित मुद्दा दायर गरिएको हो ।