सम्मेलनमा २८ देशका करिब दुई सय ८५ लगानीकर्ताको सहभागिता रहने निश्चत भइसकेको छ ।
काठमाडौं । यही चैतमा हुने लगानी सम्मेलमा ४३ वटा परियोजना निश्चित भएको छ । चैतको १४ र १५ गते हुने सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरुमध्ये ३२ ओटा लगानी बोर्ड र ११ ओटा निजी क्षेत्रबाट तयार गरिएका छन् ।
बोर्डले तयार गरेको परियोजनाहरुमा ७ ओटा जविद्युततर्फ, ४ ओटा सहरी विकास पूर्वाधारतर्फ, ६ ओटा पर्यटन पूर्वाधारतर्फ २ ओटा शिक्षा एवम् स्वास्थ्र्यतर्फ रहेका छन् भने औद्योगिक पूर्वाधारतर्फ ३ ओटा छन् । त्यसैगरी कृषि पूर्वाधारमा ५ ओटालगायत अन्य परियोजना तयार भएको बोर्डले जनाएको छ । यसैगरी निजी क्षेत्रका जलविद्युत् तर्फका ६ ओटा, औद्यागिक पूर्वाधारतर्फ २ ओटा आयोजनाहरु तयार भएका छन् ।
दुई दिन चल्ने सम्मेलनमा २८ देशका करिब दुई सय ८५ लगानीकर्ताको सहभागिता रहने निश्चत भइसकेको छ । यो तथ्यांक मंगलबारसम्मको हो । सम्मेलन आयोजना हुन अझै केही समय बाँकी रहेकाले सहभागी हुने लगानीकर्ताहरुको संख्या थपिन सक्ने आयोजकले जनाएको छ ।