आयो भारतको बजेट, हेर्नुहोस्, मुख्य अंश

अर्थमन्त्री जेटलीले कृषि उत्पादनहरुको निर्यात १ सय अर्ब डलरसम्म पुर्याउने लक्ष्य लिएका छन् । फुड प्रोसेसिङ सेक्टरलाई १४०० करोड विनियोजन गरिनेछ । गाउँघरमा भौतिक पूर्वाधारलाई बलियो बनाउन १४.३४ लाख करोड दिइनेछ । यस वर्ष १.७५ करोड घरमा बत्ती पुर्याइने छ ।

भारतका अर्थमन्त्री अरुण जेटलीले बिहीबार त्यहाँको संसद्मा आर्थिक वर्ष २०१८/१९ का लागि देशको सङ्घीय बजेट प्रस्तुत गरेका छन् । यस्ता छन्, जेटलीले आफ्नो बजेट भाषणमा उल्लेख गरेका मुख्यमुख्य आर्थिक कार्यक्रम :

अर्थमन्त्री जेटलीले कृषि उत्पादनहरुको निर्यात १ सय अर्ब डलरसम्म पुर्याउने लक्ष्य लिएका छन् । फुड प्रोसेसिङ सेक्टरलाई १४०० करोड विनियोजन गरिनेछ । गाउँघरमा भौतिक पूर्वाधारलाई बलियो बनाउन १४.३४ लाख करोड दिइनेछ । यस वर्ष १.७५ करोड घरमा बत्ती पुर्याइने छ ।

गुजरात राज्यको वडोदरामा विशिष्ट रेलवे विश्वविद्यालयको स्थापना, शिक्षकहरुका लागि एकीकृत बीएड कोर्सको सुरुआत, प्रत्येक वर्ष १ हजार बीटेकका विद्यार्थीलाई क्षत्रवृत्ति दिइनेछ । हेल्थ वेलनेस सेन्टरका लागि १ हजार २ सय करोड विनियोजन गरिएको छ । स्वास्थ्यका लागि १.५ लाख आरोग्य केन्द्र स्थापना गरिनेछन् ।

देशका लगभग ४० प्रतिशत अथवा १० करोड परिवारलाई राष्ट्रिय स्वास्थ्य बिमा योजनाअन्तर्गत प्रतिवर्ष छ लाख रुपैयाँ उपचार खर्च दिइनेछ । देशभरि २४ ओटा नयाँ सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गरिनेछ । शैक्षिक सुधारका लागि आउँदो ४ वर्षमा १ लाख करोड रुपैयाँ खर्च हुनेछ ।
मध्यम, लघु एवम् सूक्ष्य उद्योगको विकासका लागि ३७९४ करोड रुपैयाँ छुट्टयाइएको छ । स्वच्छ भारत मिसनअन्तर्गत गरिब परिवारका लागि २ करोड नयाँ शौचालय बनाउने लक्ष्य लिइएको छ । स्मार्ट सिटीको विकासका लागि २ लाख करोड खर्च गरिनेछ । ५० लाख युवारुलाई नोकरीका लागि प्रशिक्षण दिइनेछ ।

अमृत कार्यक्रमअन्तर्गत ५०० सहरमा १९ हजार ४ सय २८ करोडमा पिउने पानीको व्यवस्था गरिनेछ । हवाई यात्रा वर्षमा १ अर्ब पु¥याउने लक्ष्यसहित हवाई यात्रा सरल र सुगम बनाउन एयरपोर्ट्सको सङ्ख्या छ गुणा बढाइनेछ । डिजिटल इन्डिया कार्यक्रमका लागि ३ हजार ३७ करोड विनियोजन गरिएको छ ।

दुई सरकारी बीमा कम्पनीसहित कुल १४ सरकारी कम्पनी सेयर बजारमा आउनेछन् ।

सरकारी कम्पनीको सेयर बेचेर २०१८–१९ मा ८० हजार करोड जुटाउने लक्ष्य छ ।

टेक्सटाइल सेक्टरलाई ७ हजार १ सय ४८ करोड रुपैयाँ विनियोजित छ । सुनका लागि छिटै नयाँ नीति ल्याइनेछ ।

क्रिप्टोकरेन्सीको प्रयोग रोक्नका लागि नयाँ कदम चालिनेछ । पेमेन्ट सिस्टम्समा ब्ल्याकचेन प्रविधिको प्रयोग गरिनेछ । आर्थिक वर्ष २०१८–१९ को वित्तीय घाटा ३.३ प्रतिशत रहने लक्ष्य जेटलीले लिएका छन् ।

गाउँमा इन्टरनेट विकासका लागि १० हजार करोडमा छ लाख हटस्पट बनाइनेछ ।

उद्योग जगतलाई ठूलो राहत दिँदै जेटलीले २ सय ५० करोड रुपैयाँसम्मको टर्नओ्भर भएका कम्पनीहरुलाई २५ प्रतिशतमात्र ट्याक्स लिने भएका छन् । यसबाट ९९ प्रतिशत लघु एवम् सीमान्त उद्योगलाई फाइदा पुग्नेछ ।

कृषि उत्पादनमा १ सय करोड रुपैयाँसम्म टर्नओभर गर्ने कम्पनीहरुलाई ट्याक्समा १ सय प्रतिशत सहुलियत दिइनेछ । वरिष्ठ नागरिकहरुको स्वास्थ्य बिमामा ५० हजार रुपैयाँसम्मा ट्याक्स छुट गरिने छ ।

दीर्घकालिक सम्पत्तिको आयमा अब १० प्रतिशत ट्याक्स लाग्नेछ । यसको घोषणासँगै भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । ४६० अङ्कसम्म सेन्सेक्स घटेको छ ।

कस्टम ड्युटी बढाउने वित्तमन्त्रीको घोषणा, टीभी र मोबाइलको मूल्य बढ्ने भएको छ । मोबाइल फोनमा कस्टम ड्युटी १५ बाट २० प्रतिशत पुर्याउने प्रस्ताव ।

सबै सरकारी प्रमाणपत्र अब अनलाइनमा उपलब्ध हुनेछन् ।