मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, स्थित नागस्वतीमा रहेको कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको हो ।
वीरगञ्ज । मकवानपुरमा बर्डफ्लु भेटिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, स्थित नागस्वतीमा रहेको कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको हो ।
कुखुराको नमुना परिक्षणका क्रममा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु मानेर वडा नं.६ र ७, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना नजिकैको क्षेत्रमा कुखुरा, अण्डा र सुलीको निकासीमासमेत रोक लगाएको छ ।
मकवानपुरमा कुखुराको नमूना परीक्षणका क्रममा बर्डफ्लु भेटिएपछि अहिले पर्सा जिल्लामा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाथ भट्टराईले बताए । ‘छिमेकी जिल्लामा बर्डफ्लु भेटिएको छ । पर्सा पनि जोखिममा भएकाले उत्पादन गर्ने, बिक्री गर्ने र उपभोग गर्ने सबैले सतकर्ता अपनाउने पर्ने देखिन्छ ।’ उनले भने, ‘सरकोरवाला सबैलाई सतर्कता अपनाउन भनिसकिएको छ ।’