कोरियाली मोटेक्स कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृति गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । कोरियन कम्पनीले नेपालमा मोटरको एसम्बल्ड गर्ने उनले जानकारी दिए ।
काठमाडौं । विदेशी लगानीमा नेपालमा पनि ४ पाँग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । सरकारले कोरियाको मोटरेक्स कम्पनी लिमिटेडलाई नेपालमा गाडी उत्पादनका लागि अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामता शुक्रबार बसेको लगानी बोर्डको ३५ औं बैठकले नेपालमा गाडी उत्पादको कारखानाका लागि कोरियाली मोटेक्स कम्पनीको १० अर्ब ५४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृति गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । कोरियन कम्पनीले नेपालमा मोटरको एसम्बल्ड गर्ने उनले जानकारी दिए ।
बोर्ड बैठकले चिनियाँ लगानीमा आउन लागेको ह्वासिन सिमेन्टको लगानी र सेयर संरचना परिवर्तनलाई स्वीकृत गरेको छ । सो सिमेन्ट उद्योगमा नेपालीको पनि साझेदारी रहने भएको छ । ह्वासिन नारायणी सिमेन्ट उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने छ । उसले चीनबाट १५ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउने छ ।
यस्तै निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई लगानी जुटाउन आउँदो जुनसम्म समय दिएको उनले सुनाए । उसले भारतको स्टेट बैंकबाट ४१ अर्ब र नेपाली बैंकबाट ९ अर्ब भारु गरी ८० अर्ब रुपैयाँ लगानी जुटाउने भएको छ । लगानी जुटाउने तयारी अन्तिम चरणमा पुगेको छ । आयोजना बनाउन ११५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
लगानी सम्मेलनमा भाग लिन ४०० भन्दा बढी विदेशीले नाम दर्ता गराएका छन् । सम्मेलनमा सरकारले ४५ र निजी क्षेत्रबाट १७ गरी ६३ ओटा आयोजना प्रस्तुत गर्ने भएको छ । सोही अवसरमा लगानी सम्बन्धि समझदारीपत्रमा समेत हस्ताक्षर हुने सीइओ अधिकारीले जानकारी दिए ।