१७ करोडको लागतमा स्थापित तरकारी बजारको प्रधानमन्त्रीले उद्घाटन गर्दै

कटहरी गाउँपालिका र स्थानीय विद्यालयको पाँच विघा जग्गामा करिब १७ करोडको लागतमा आधुुनिक तरकारी बजार स्थापना गरिएको छ ।

विराटनगर । मोरङको कटहरी–१ मा स्थापना गरिएको नवनिर्मित फलफूल तथा तरकारी थोक बजारको उद्घाटन गर्न आज (आइतबार) प्रधानमन्त्री केपी शर्माओली मोरङ जाँदै छन् । प्रधानमन्त्री ओली १० बजे मोरङ पुग्ने कार्यक्रम रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

कटहरी गाउँपालिका र स्थानीय विद्यालयको पाँच विघा जग्गामा करिब १७ करोडको लागतमा आधुुनिक तरकारी बजार स्थापना गरिएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओली आइतबार नै सुुनसरी जिल्लामा आयोजित विभिन्न कार्यक्रममा पनि सहभागि हुुनुुहुुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री जाने भएपछि विराटनगरको सुुरक्षा व्यवस्था पनि थप बमजबुत बनाइएको छ ।