प्रदेश औद्योगिक क्षेत्र निर्माण गर्न धमाधम जग्गा व्यवस्था

प्रदेश नं १को झापा दमक, प्रदेश नं २मा सर्लाहीको मुर्तीया, प्रदेश न ३मा मकवानपुर हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश ४ मा गोरखाको पालुङटार, प्रदेश नं ५मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश ६ मा सुर्खेतको साताखानी प्रदेश न ७मा कैलालीको लम्की, कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयले जनाएको छ ।

सरकारले संघीय सरचना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढाएको छ । सात ओटै प्रदेशमा जग्गा लिएर औद्योगिक क्षेत्रको लागि वृहत गुरु योजना निर्माण गर्न सुरु गरेको उद्योग मन्त्रालयले जनाएको छ ।

औद्योगिक क्षेत्रको लागि आवश्यक जग्गा लिने काम द्रूत रुपमा अघि बढेको उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बताइन् । ‘सातै प्रदेशको लागि जग्गाको लोकेसन तोकिसकेका छौं, उनले भनिन्, ‘जग्गा प्राप्ति भएका ठाउँमा डिपिआर बनाउने काम भैरहेको छ ।’
उद्योग मन्त्रालयले देशभरका सात ओटै प्रदेशमा कम्तीमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएको छ । पहिलो चरणमा जग्गाको व्यवस्था गरेर डीपीआर तयार गरी पूर्वाधार निर्माणलाई प्राथमिकता राखेको छ ।

प्रदेश नं १को झापा दमक, प्रदेश नं २मा सर्लाहीको मुर्तीया, प्रदेश न ३मा मकवानपुर हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश ४ मा गोरखाको पालुङटार, प्रदेश नं ५मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश ६ मा सुर्खेतको साताखानी प्रदेश न ७मा कैलालीको लम्की, कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयले जनाएको छ ।

अहिले सिमित क्षेत्रमा औद्योगिक क्षेत्र भएकाले सबै प्रदेशमा उद्योग स्थापना गरेर रोजगारी सृजना गर्नको लागि नयाँ अवधारणामा काम भैरहेको सचिव खतिवडाले बताइन् । त्यसको लागि सबै मन्त्रालयसँग पनि उद्योगले समन्वय गरिरहेको छ । ‘कुनै प्रदेशमा जग्गा प्राप्ति गरेर डीपीआरको काम भैरहेको छ, उनले भनिन्, ‘अन्य मन्त्रालय पनि सकरात्मक भएकाले धमाधम अघि बढाउछौं ।’

प्रदेश नं १को झापा दमकमा ११ सय विगाह जमिन प्राप्तिको चरणमा पुगेको मन्त्रालयले जनाएको छ । त्यहाँ पूर्वाधार निर्माणको लागि चीनले सहयोग गर्ने प्रतिवद्धता समेत जनाइसकेको छ । प्रदेश २ को सर्लाही मुर्तियामा दुई हजार हेक्टर, ३को मकवानपुर मयुरधाम एक सय ३७ हेक्टर र चितवनको शक्तिखोरमा करिब १२ सय हेक्टरमा डीपीआर निर्माण र वातावरणीय प्रभाव मूल्यांकनको काम भैरहेको छ ।
प्रदेश ४मा गोरखाको पालुङटार र चंगेलीफाँटमा सम्भाव्यता अध्ययन भैरहेको छ ।

प्रदेश ५को रुपन्देही, दाङ लक्ष्मीपुरमा तीन सय ७१ हेक्टर, प्रदेश ६को सुर्खेतमा ६७७ हेक्टर जमिनको अध्ययन भएको छ । ६ कै कञ्चनपुरको दैजीमा १९८.७१ हेक्टरमा डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि बोलपत्र आह्वान भएको छ । प्रदेश ७ कैलालीको लम्कीमा ७ सय ४५ हेक्टर जमिनमा डीपीआर र वातावरणीय प्रभाव अध्ययन भैरहेको छ ।

निजी क्षेत्रलाई उद्योग सन्चालनकोलागि सघाउन सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो । अहिले सरकारले बालाजु, पाटन, हेटौँडा, पोखरा, धरान, बुटवल र नेपालगञ्ज लगायतका ठाउँमा औद्योगिक क्षेत्र बनाएर सञ्चालनमा छन् ।