कार्यसमितिले गरेको निर्णय नै उल्टाउने कसरतमा

सदस्यता सिफारिस समितिले चण्डीलाई नसोधी जिल्लाका तीन संस्थालाई सदस्यता सिफारिस गरेको र कार्यसमितिले मापदण्ड पूरा गरेर सदस्यता दिएको थियो । त्यही आधारमा कार्यसमितिले निर्णय गरेको हो । तर, ढकालले सोही निर्णयलाई उल्टाउन कार्यसमितिलाई निरन्तर दबाब दिइरहेको महासङ्घ स्रोतले बतायो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले कार्यसमितिले गरेको निर्णय उल्टाउन लागिपरेका छन् । महासङ्घको फागुन १३ गते बसेको कार्यसमितिको बैठकले देउचुली उद्योग वाणिज्य सङ्घ नवलपरासी, नवलपुर उद्योग वाणिज्य सङ्घ, नवलपरासी र बर्दिवास उद्योग वाणिज्य सङ्घ, बर्दिवासलाई सदस्यता उपलब्ध गराउने निर्णय गरेको थियो ।

महासङ्घको सदस्यता समितिले योग्यता पुगेकालाई सदस्यता दिए पनि ढकालले तीन संस्थाले पाएका सदस्यता उल्टाउन लागिपरेका छन् । एकातिर योग्यता पुगेका संस्थालाई दिएको सदस्यता उल्टाउन लागेका ढकालले जोडबल गरेर योग्यता नै नपुगेको नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंलाई सदस्यता दिलाउन पनि कार्यसमितिलाई दबाब दिएका थिए ।

सदस्यता सिफारिस समितिले चण्डीलाई नसोधी जिल्लाका तीन संस्थालाई सदस्यता सिफारिस गरेको र कार्यसमितिले मापदण्ड पूरा गरेर सदस्यता दिएको थियो । त्यही आधारमा कार्यसमितिले निर्णय गरेको हो । तर, ढकालले सोही निर्णयलाई उल्टाउन कार्यसमितिलाई निरन्तर दबाब दिइरहेको महासङ्घ स्रोतले बतायो ।

बरु उद्योग वाणिज्य सङ्घ काठमाडौंले कुनै पनि मापदण्ड पूरा गरेको छैन । र सदस्यता समितिले सदस्यका लागि सिफारिससमेत गरेको थिएन । चण्डीराजले कार्यसमितिलाई नै दबाब दिएर दिनेश श्रेष्ठ अध्यक्ष भएको संस्थालाई सदस्यता दिनका लागि निर्णय गराएका हुन् ।

महासङ्घको विधानअनुसार आफ्नै भवनसहितको सचिवालय हुनुपर्ने, २ हजार सदस्यता हुनुपर्ने, २० लाख रुपैयाँको बजेट हुनुपर्ने मापदण्ड छ । तर, उद्योग वाणिज्य सङ्घ काठमाडौंको आफ्नो भवन पनि छैन, २० लाख रुपैयाँ बजेट पनि छैन, २ हजार सदस्य नहुँदा नहुँदै पनि चण्डीको ‘प्रेसर’मा कार्यसमितिले विधान मिचेर सदस्यता दिएको खुलेको हो ।

महासङ्घमा लामो समयदेखि विधान कुल्चिएर निर्णय भइरहेका छन् । प्रदेशको चुनावदेखि अन्य धेरै ठाउँमा विधान मिचिएको महासङ्घ स्रोतको दाबी छ । चण्डीराजले भनेको कुरा नाइँ भन्ने चलन भएकाले महासङ्घमा निरन्तर विधान मिच्ने काम भएको छ ।

ढकालले तीन संस्थाले पाएको सदस्यता उल्टाउन प्रत्येक कार्यसमितिका सदस्यलाई फोन गर्ने गरेका छन् । महासङ्घका सदस्यता समितिका सभापति पशुपति मुरारकाले ढकाललाई नसोधी योग्यता पुगेका तीन संस्थालाई सदस्यता उपलब्ध गराउन सिफारिस गरेको थिए । तर, उद्योग वाणिज्य सङ्घ काठमाडौंलाई सदस्यताका लागि मापदण्ड नपुगेको भन्दै सिफारिस गरेका थिएनन् ।

महासड्घका निवर्तमान अध्यक्ष तथा सदस्यता समितिका सभापति मुरारकाले उद्याेग वाणिज्य सङ्घ काठमाडाैंलाइ सदस्यताका लागि सिफारीस  नै नगरेकाे बताए । महासङ्घकाे विधान अनुसार काठमाडाैंले डकुमेन्ट नपुगेकाले सिफारिस नगरेकाे बताए । तर, अन्य तीन संस्थाले मापदण्ड अनुसार डकुमेन्ट पठाएकाले सिफारीस गरिएकाे बताए ।

आफूले च्यापेका व्यवसायी दिनेश श्रेष्ठले नेतृत्व गरिरहेको नेपाल उद्योग वाणिज्य सङ्घलाई सदस्यता समितिले सदस्यताका लागि योग्य नै नदेखेपछि ढकाल कार्यसमितिले गरेको निर्णय उल्ट्याउन लागेका हुन् ।