नेपाल पर्यटन व्यवसायी सङ्घको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् ।
नेपाल पर्यटन व्यवसायी सङ्घको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् ।
‘नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वाभाविक हो’, प्रधानमन्त्री देउवाले भने, ‘पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।’
उनले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदैै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम सुरु भइसकेको जानकारी दिए ।
उनले भने, ‘पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउनेछ ।’
मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गर्नुका साथै पत्रकार अशोक सिलवाललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।